सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता

<span class='c1'>सर्लाहीका चारै क्षेत्रमा</span> <span class='c2'>रास्वपाको अग्रता</span>

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । ४ बजेसम्मको मतगणना परिणाम अनुसार रास्वपा जिल्लाका चारैवटा क्षेत्रमा अग्रस्थानमा छ ।

सर्लाही क्षेत्र नम्बर १ को ताजा मतपरिणाम अनुसार रास्वपाले ३४१४ मतसहित स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) ९३४ मतसहित रहेको छ भने नेपाली कांग्रेसले ४२१ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ३७७ मतसहित चौथो स्थानमा रहेको छ । सर्लाही क्षेत्र नं. २ मा ९९२८ मत गणना भइसकेको छ । यहाँ रास्वपाका उम्मेदवार रविन महतो ४४०६ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा महेन्द्र राय यादव (तारा) १८६२ मतसहित छन् । त्यसैगरी राजेन्द्र महतो (जाँतो) ले ५६८, सरोज कुमार (रुख) ले ४६२ र नागेश्वर साह (सूर्य) ले २४४ मत प्राप्त गरेका छन् ।

सर्लाही क्षेत्र नं. ३ को ताजा मतगणनाअनुसार रास्वपाका नरेन्द्र साह कलवार २८०४ मतसहित अग्रस्थानमा रहेका छन् । दोस्रो स्थानमा नारायणकाजी श्रेष्ठ (नेकपा) ४४० मतसहित छन् । त्यस्तै विनोद कुमार खनाल (नेपाली कांग्रेस) ले ३०८ मत प्राप्त गरेका छन् भने हरी प्रसाद उप्रेती (नेकपा एमाले) १९८ मतसहित पछ्याइरहेका छन् । सर्लाही क्षेत्र नं. ४ मा पनि रास्वपाका अमरेश कुमार सिंह २८४७ मतसहित अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा गगन थापा (नेपाली कांग्रेस) १७१४ मतसहित रहेका छन् । अमनिश कुमार यादव (नेकपा एमाले) ले ४१० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूले २६८ मत प्राप्त गरेका छन् । सर्लाहीका चारै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । ताजा परिणाम अनुसार रास्वपाले अधिकांश क्षेत्रमा उल्लेख्य अग्रता कायम राखेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्