सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’, चारै प्रतिनिधि सभा क्षेत्रमा विजय

<span class='c1'>सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’,</span> <span class='c2'>चारै प्रतिनिधि सभा क्षेत्रमा विजय</span>

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरहा जिल्लाका चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयी हासिल गर्दै ऐतिहासिक ‘क्लिन स्वीप’ गरेको छ । यससँगै सिरहा जिल्लामा रास्वपाले उल्लेखनीय राजनीतिक सफलता हात पारेको छ ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामअनुसार सिरहा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। चारै क्षेत्रमा मतदाताले रास्वपालाई भारी मतसहित समर्थन जनाएका छन्, जसले जिल्लामा नयाँ राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार सिरहामा रास्वपाको यो विजय केवल चुनावी जित मात्र नभई परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारप्रति जनताको बढ्दो विश्वासको संकेत पनि हो । परम्परागत दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै मतदाताले वैकल्पिक शक्तिका रूपमा रास्वपालाई रोजेको देखिएको छ ।

चारै क्षेत्रमा विजय हासिल गरेपछि सिरहा जिल्लामा रास्वपाको प्रभाव बलियो बनेको छ । यस ऐतिहासिक सफलताले पार्टीलाई आगामी दिनमा अझ जिम्मेवार भएर जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौतीसमेत थपेको छ । सिरहावासी मतदाताले दिएको यस समर्थनलाई परिवर्तनको संकेतका रूपमा हेरिएको छ । राजनीतिक वृत्तमा पनि सिरहामा रास्वपाको ‘क्लिन स्वीप’ लाई महत्वपूर्ण उपलब्धिका रूपमा चर्चा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्