चुनाव जितेका महावीरले फेरी किताब बच्न सुरु गरे

<span class='c1'>चुनाव जितेका महावीरले फेरी</span> <span class='c2'>किताब बच्न सुरु गरे</span>

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन् ।सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।

उनले लेखेका छन्,‘आज पोखरा पुगेर १० बजे देखि अमरसिंह चोकमा मेरो आत्म कथाको किताब बेच्न सुरु गर्नेछु। त्यसपछि पृथ्वीचोकमा १ बजे देखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ। चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । बीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलि रहेकै छ, त्यसैले पैसा त त चाहियो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्