रास्वपाले विराटनगर–९ मा रुबिना आचार्यलाई बधाई, जेनजी शहीदलाई श्रद्धाञ्जली दिने

<span class='c1'>रास्वपाले विराटनगर–९ मा रुबिना आचार्यलाई</span> <span class='c2'>बधाई, जेनजी शहीदलाई श्रद्धाञ्जली दिने</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ९ को आयोजनामा नव–निर्वाचित प्रतिनिधि सभा सदस्य रुबिना आचार्यलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आज बेलुका ५ बजे पुरानो गुद्रीस्थित अरुण चिया पसल अगाडिको मैदानमा हुने आयोजकले जनाएको छ।

वडा नं. ९ को आयोजनामा हुने उक्त कार्यक्रममा नव–निर्वाचित सांसद आचार्यलाई बधाई तथा शुभकामना व्यक्त गरिनुका साथै जेन्जि शहीदहरूलाई श्रद्धाञ्जली सभा समेत आयोजना गरिने बताइएको छ।

आयोजकले कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सर्वसाधारणलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। कार्यक्रम सफल बनाउन सबैलाई समय मिलाई उपस्थित हुन आयोजकले हार्दिक अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्