‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’

<span class='c1'>‘गगनको राजीनामा मागिरहेकाहरु</span> <span class='c2'>कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’</span>

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका दाई एवम् नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरु काग्रेसको झण्डा बोकेर घन्टीमा भोट दिने अन्तरघाती व्यक्तिहरु भएको बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्,’गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरु नेपाली काग्रेसको झण्डा बोकेर घन्टीमा भोट दिने अन्तरघाती व्यक्तिहरु हुन् ।’ हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही ४ बाट हार व्यहोरेपछि पार्टीकै कार्यकर्ताहरुले थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनिरहेका छन । सभापति थापालाई सर्लाहीमा ल्याउने नै बिरेन्द्र र सुरेन्द्र रहेको चर्चा छ । निर्वाचनमा हारेपछि झन् उनीहरुले नै सभापतिलाई सर्लाही ल्याएर हराए भन्दै यहाँका कार्यकर्ता झनै आक्रोशित भएको दाबी गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८० फागुन १५ गतेको सुरेन्द्रलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ महिना १५ दिन कैद सजाय तोकेको थियो ।

उनीमाथि सिसौको रुख कटान गर्दा ती रुख बेचेर रकम हिनामिना गरेको आरोप थियो । उनीसँग विशेषले सो मुद्दामा १ करोड २३ लाख ६ सय ६ रुपैयाँ असुल गरेको थियो, जुन सर्वोच्चले पनि सदर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्