रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

<span class='c1'>रुकुमका जनताको सपनालाई पूरा</span> <span class='c2'>गर्न जनार्दन शर्माको सुझाव</span>

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न नवनिर्वाचित पार्टीका उम्मेद्वारहरुलाई सुझाव दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत नेकपाबाट विजयी भएका गोपाल शर्मालाई बधाई दिँदै उनले सुशासनयुक्त रुकुम बनाउन र रुकुमका जनताको सपनालाई पुरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न सुझाव दिएका हुन् । उनले भिडियोमा भनेका छन्, ‘रुकुम पश्चिमको जनताको आवश्यकता पुरा गर्ने, निर्माणाधीन योजनाहरु सम्पन्न गर्ने र गरिब वा बेरोजगारमुक्त, विभेदरहित, सुशासनयुक्त रुकुम बनाउन साथै रुकुमेलीको सपनालाई पुरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न सुझाव समेत दिन चाहन्छु ।’

रुकुमलाई सामाजिक न्याय र समानतायुक्त समाज निर्माण गर्न, समृद्ध रुकुम निर्माण गर्न सबै एकताबद्ध भएर योगदान गर्ने विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्