रामेछाप र दोलखामा हावा हुरीले पुर्यायो क्षति

<span class='c1'>रामेछाप र दोलखामा हावा</span> <span class='c2'>हुरीले पुर्यायो क्षति</span>

रामेछाप। आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ । हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए ।

तामाङका अनुसार हावा हुरीले थप ५ घरमा आमसिक क्षति पुर्यायोको छ । ती मध्ये कतिपय घरका छानाका केही भाग उडाएको छ भने कतिपयका बरन्डाहरू उडाएको छ । घर उडाएका स्थानीयले बस्ने बासको समेत सङ्कट परेको छ । उनीहरू आश्रय लिएर बस्न बाध्य भएका छन् । हावा हुरीले रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा रुख ढलेर एउटा घरमा क्षति पु¥याएको छ । हावाहुरीले घरमा क्षति पु¥याए पनि मानवीय क्षति भने भएको छैन ।

यसैबिच दोलखाको जिरी नगरपालिका र तामाकोसी गाउँपालिकामा हावाहुरीका कारण ११ घरको छानो उडाएको छ । दोलखा प्रहरीका अनुसार हावाहुरीले तामाकोसी गाउँपालिका–५ कल्लेरीका ७ घर, तामाकोसी गाउँपालिका–१ भीरकोटका ३ घर र जिरी नगरपालिकामा एक घरको छानो उडाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्