जीवन

<span class='c1'>जीवन</span> <span class='c2'></span>

जीवन के हो?
सायद एउटा प्रश्न हो-
जसको उत्तर खोज्दै
मानिस जन्मदेखि अन्तिम साससम्म हिँडिरहन्छ।

किन हामी जन्म लिन्छौँ?
शायद सृष्टिको नियम यही हो,
आँसु, हाँसो, पीडा र आशाले
मानव कथालाई अघि बढाउन।

किन हामी कर्म गर्छौँ?
किनकि कर्म बिना
जीवन नदी बग्दैन,
अर्थ बिना सास पनि
सिर्फ समयको बोझ बन्छ।

संघर्ष के हो?
आँधीसँग जुध्दै
बलेको एउटा सानो दियो हो,
जो निभ्न सक्थ्यो
तर निभेन-
किनकि आशाले उसलाई थामिरह्यो।

किन संघर्ष गर्नै पर्छ?
किनकि पहाड चढेपछि मात्र
क्षितिज देखिन्छ,
अन्धकार चिरेपछि मात्र
उज्यालोको मूल्य बुझिन्छ।

कस्तो जीवन सफल?
जसले अरूको मुहारमा
स्मिताको फूल फुलायो,
र आफ्नो घाउभित्र पनि
आशाको दीप बालिरह्यो।

कस्तो जीवन असफल?
जसले केवल आफ्नो लागि बाँच्यो
र संसार छोड्दा
कसैको मनमा
स्मृतिको उज्यालो छोडेन।

कस्तो जीवन पूरा?
जहाँ प्रेम छ,
संघर्ष छ,
र मानवीयता छ।
कस्तो जीवन अधुरो?
जहाँ सपना त थिए
तर साहस थिएन,
जहाँ अवसर थियो
तर कर्म भएन।

अन्ततः
जीवन कुनै उत्तर होइन,
जीवन आफैँ एउटा यात्रा हो।
जित्नु हार्नु ठूलो कुरा होइन,
महत्त्वपूर्ण कुरा त यही हो-
के हामीले
आफ्नो यात्रामा
अर्थ, प्रेम र साहस
साँच्चै बाँच्यौँ कि बाँचेनौँ।

-ईश्वर रेग्मी विराटनगर-३,आयल निगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्