तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन

<span class='c1'>तोरीबारीमा बसेर डिनर खाने</span> <span class='c2'>पर्यटकीय गन्तब्य बन्दै चीन</span>

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित चोङझाउमा वसन्त ऋतुको पालुवा र फूलहरूको आनन्द लिने एउटा नयाँ र लोकप्रिय तरिका सुरु भएको छ । यहाँका मानिसहरू अहिले पहेंलपुरै फुलेको तोरीबारीको बीचमा बसेर परिवार र साथीभाइसँग खानाको स्वाद लिइरहेका छन् ।

चोङझाउको बइतोउ सहरका तोरीबारीहरूमा टेन्ट र टेबलहरू राखिएका छन् । जो चारैतिरबाट आकर्षक पहेँला फूलहरूले घेरिएका छन् । यहाँको मेनुमा विशेषगरी तोरीको मुना प्रयोग गरिएको ‘हटपट’ र तोरीका फूलहरूबाट बनेका अन्य परिकारहरू समावेश छन् । तोरि बारीमा घुम्न आउने अधिकांश पर्यटकहरुले आफुहरु टाढा–टाढाबाट यहाँको दृश्य हेर्न र नयाँ स्वादको परिकार चाख्न आएको बताएका छन् । यहाँ घुम्न आएका एक पर्यटकले भने,‘म यहाँ आउन एक घण्टाभन्दा बढी गाडी चलाएर आएँ । यहाँको दृश्य साँच्चै नै सुन्दर छ र हटपट पनि निकै स्वादिष्ट छ ।’ त्यहाँ रहेको हटपट रेष्टुरेण्टका प्रबन्धक याङ स्यानगुईले भने,‘हाम्रो हटपट रेष्टुरेन्ट निकै लोकप्रिय भइरहेको छ । विशेषगरी सप्ताहन्तमा, दिउँसो र बेलुकाको समयमा यो पूरै भरिभराउ हुन्छ । हामीसँग ठूला समूहहरूलाई सेवा दिन पर्याप्त टेबलहरू छन् ।’ चोङझाउकै अन्य स्थानहरूमा भने पहेँलो तोरीबारीको बीचमा आकर्षक क्याफेहरू पनि सञ्चालनमा आएका छन् । जहाँ बसेर मानिसहरु कफी खान रुचाउँछन, फोटो र सेल्फी खिच्छन ।

स्थानीय अधिकारीहरूले यस वर्ष नयाँ कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन् । यहाँबाट करिब ५० किलोमिटर टाढा छेङ्दुमा रहेको विशाल पाण्डा हेर्न आउने पर्यटकहरूलाई आकर्षित गर्न यस्तो योजना ल्याइएको हो । अहिले सहरहरूबीच नयाँ बस सेवाहरू सुरु गरिएको छ । साथै, तोरीबारी भ्रमणलाई अझै रोचक बनाउन ’पाण्डा थिम’ का कार्यक्रमहरू र शैक्षिक अनुभवहरूलाई पनि यस पर्यटन भ्रमणमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्