विराटनगर–१२ का दुईवटा घरमा दिउँसै चोरी

<span class='c1'>विराटनगर–१२ का दुईवटा</span> <span class='c2'>घरमा दिउँसै चोरी</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१२ मा बिहीबार दिउँसो दुईवटा घरमा चोरी भएको छ । दिउँसो ३ देखि ४ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी अज्ञात व्यक्तिले चोरी गरेको हो।

पीडित समुहको जानकारीका अनुसार एक निर्माणाधीन घरबाट पानी तान्ने मोटर चोरी भएको छ, भने अर्को छिमेकीको घरबाट विभिन्न बहुमूल्य सामानहरू चोरि गरिएको छ । चोरी गरेर लैजाने क्रममा काम नलाग्ने वस्तुहरू जस्तै चुरा, चिम्टी र हटकेस भने घर नजिकै रहेको बाँसको झ्याङमा फालेको अवस्थामा फेला परेको छ।

विशेष गरी निर्माणाधीन घरबाट मोटर चोरी हुँदै गरेको दृश्य नजिकै जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ। भिडियो फुटेजमा चोरको गतिविधि स्पष्ट देखिएकाले प्रहरीलाई अपराधी पहिचान गर्न सहज हुने विश्वास गरिएको छ। दिउँसै बस्तीको बीचमा भएको यस चोरीको घटनाले स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्