नेपाल उद्योग वाणिज्य महासंघ कोशीमा राउत विजयी, नविन रिजालको प्यानलनै पराजित

<span class='c1'>नेपाल उद्योग वाणिज्य महासंघ कोशीमा राउत</span> <span class='c2'>विजयी, नविन रिजालको प्यानलनै पराजित</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको निर्वाचनबाट राजेन्द्र राउतको प्यानलनै पुनः विजयी भएको छ । आफ्नै नेतृत्व र अगुवाईमा प्रदेश महासंघको गरिमा बढाइरहेका राउतको प्यानलले सानदार जित हासिल गर्दै गरेको हो ।

विराटनगरमा सम्पन्न महासङ्घको आठौँ सभाबाट अध्यक्षमा राजेन्द्र राउत प्रतिपस्र्धी नविन रिजाललाई भारी मतान्तरले पराजय गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । राउत मोरङ व्यापार संघमा समेत उतिकै सक्रिय थिए । तर, आठ वर्ष अगाडी व्यापार संघ भित्र उनी विरुद्ध जुन मोर्चाबन्दी गरिएको थियो, अहिले कोशी प्रदेश समितिमा रिजाल समूहलाई त्यसको जवाफ फर्काइएको छ । राउतले आठ वर्षअघि मोरङ व्यापार सङ्घको कार्यकारिणी सदस्यको निर्वाचनमा व्यहोरेको हारको बदला रिजालसँग लिएनन् मात्रै जसको नीति उसको नेतृत्वको नारा समेत स्थापीत गरिदिए ।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा राउतले कूल १४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीन रिजालले ५८ मतमा चित्त बुझाउनु पर्‍यो । चुनावी अङ्कगणित अनुसार राउतले सबै विधामा रिजाललाई निकै ठुलो अन्तरले पराजित गरेका हुन् । जसमा राउतले एसोसिएट तर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत मात्र पाए भने जिल्ला नगर तर्फ राउतले २४ र रिजालले १३ मत प्राप्त गरे ।
त्यसैगरी वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत मात्र जोड्न सकेका थिए । तीन वर्षअघि झापामा भएको निर्वाचनमा निर्विरोध निर्वाचित भएका राउतले यसपटक भने चुनावी मैदानमै उत्रिएर आफ्नो लोकप्रियता प्रमाणित गरेका छन् । यो तीनवर्षको अवधीमा राउतले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आफ्नै भवन निर्माणको कार्य अगाडी बढाएका छन् । भवन निर्माणाधीन चरणमा रहेको छ । त्यस बाहेक महासंघ कोशीलाई स्थापीत गर्न समेत सफल भएका छन् ।

निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा विराटनगरका श्रवणकुमार अग्रवाल निर्विरोध चयन हुँदा एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि विना प्रतिस्पर्धा चुनिएका छन् । पदाधिकारी तहमा निर्विरोध चयन भएपछि सदस्य पदका लागि मात्रै मतदान भएको थियो ।

सदस्य पदमा समेत राउत प्यानलकै उम्मेदवारहरूको वर्चस्व रह्यो । खुल्ला सदस्यतर्फ जिल्ला नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना ‘राजीव’, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नविनकुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै, वस्तुगत तर्फको सदस्यमा सुवास आचार्य र दीपक पाण्डेले विजय हासिल गरेका छन् । यी सबै निर्वाचित सदस्यहरू राजेन्द्र राउतको समूहबाट चुनावी मैदानमा उत्रिएका थिए, जसले गर्दा कार्यसमितिमा राउतको पूर्ण प्यानल नै स्थापित भएको छ ।
महासङ्घ कोशी प्रदेशको यो नयाँ नेतृत्व चयनका लागि कूल २०५ मतदाता सहभागी भएका थिए । जसमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूबाट ३८, वस्तुगत संघ संस्थाबाट १९ र एसोसिएट सदस्यहरूबाट १४८ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्