कोक-फेन्टा पनि भारतबाट तस्करी, सुनवर्षीमा प्रहरीले गोदाममा हान्यो छापा

<span class='c1'>कोक-फेन्टा पनि भारतबाट तस्करी, सुनवर्षीमा</span> <span class='c2'>प्रहरीले गोदाममा हान्यो छापा</span>

विराटनगर । सीमावर्ती क्षेत्रमा चिसो पेय पदार्थ समेत भारतबाट अवैध रुपमा भित्र्याएर बिक्री वितरण गर्ने गरिएको छ । प्रहरीले भन्सार छलेर भित्र्याइएको कोट, फेन्टा, ड्यू, माउन्टेन, स्प्राइट जस्ता वस्तु गोदामबाटै बरामद गरेर भन्सारमा बुझाएको छ ।

मंगलबार मोरङको सुनवर्षी नगरपालिका २ अमरदह बजारका व्यापारी पारस साहको गोदाममा प्रहरीले सामान बरामद गरेको थियो । अमरदहमा पारस किराना पसल सञ्चालक गर्दै आएका साहले आप्नो घरकै गोदाममा भारतबाट भित्र्याइएका पेय पदार्थ भण्डारण गरेको पाइएको थियो ।

प्रहरीले पसलका सञ्चालक साहलाई समेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा सबै सामान बुझाएको छ । मोरङका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार एकलाख ४२ हजार मूल्य बराबरको सामान बरामद गरिएको थियो ।

जसमा कोक एक लिटरको बोतल भएको ५३ कार्टुन, २.५ लिटरवाला २ कार्टुन, सानो कोक ४८ कार्टुन, माउन्टेन ड्यु १ लिटरवाला ४३ कार्टुन, २.५ लिटरवाला १० कार्टुन, स्प्राइट २.५ लिटरवाला ८ कार्टुन, सानो स्प्राइट ५ कार्टुन, र पेप्सी १ लिटरवाला २ कार्टुन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्