विराटनगर । लागुऔषध मुद्दामा सातवर्ष कैद तथा पाँचलाख ५० हजार जरिवाना सजाय कायम भई कारागारमा रहेका विराटनगर–१५ का ५२ वर्षीय अरुण थापालाई प्रहरीले पक्राउ गरेको छ । मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलिले थापालाई विराटनगर ३ फुटबल चौकबाट शनिबार पक्राउ गरेको हो ।
लागुऔषध ुमुद्दामा काठमाण्डौ जिल्ला अदालतको मिति २०७६ फागुन २२ गतेको फैसलाले ७ बर्ष कैद तथा ५ लाख ५० हजार जरिवाना सजाय कायम भएपछि उनी जगन्नाथदेवल कारागार काठमाण्डौमा थिए । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेका थिए ।
विराटनगर महानगरपालिका १५ भर भएका थापा लुकिछिपी बस्दै आएका थिए । त्यहि क्रममा प्रहरीले उनी यहाँ रहेको सूचना पाएपछि विराटनगर महानगरपालिका वडा नं. ३ फुटवल चोक नजिकबाट पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिएका छन् । थापालाई सजाय भुक्तानको लागि अदालतमा बुझाउने प्रक्रिया भइरहेको छ ।