विराटनगरमा नयाँवर्ष अफरलाई अवैध भित्र्याइएको कपडामा प्रहरीको धमाका

<span class='c1'>विराटनगरमा नयाँवर्ष अफरलाई अवैध</span> <span class='c2'>भित्र्याइएको कपडामा प्रहरीको धमाका</span>

विराटनगर । विराटनगरमा भन्सार छलेर भित्र्याइएको अवैध कपडा तथा अन्य सामाग्री लोड भएका दुईवटा अटोटेम्पो प्रहरीले नियन्त्रणमा लिइए छ । आइतबार दिउँसो र राती विराटनगर महानगरपालिका ६ मा भन्सार छलेर पैठारी गरिएको सामानसहित को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरको दुई वटा अटो टेम्पो नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सामान लोड गरी विराटनगरतर्फ ल्याउदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोली खटीएको थियो । चेकजाँच गर्दा दुई वटा अटो टेम्पोमा तीनलाख मूल्य बराबरको सामान बरामद भएको हो ।

जसमा ्र कुर्ता सुरुवाल, सल सेट ४४४ थान, कुर्ता–टप  ३९ थान, कुर्ता २८५ पिस, हरियो मोटर दाना ३ बोरामा सयकेजी, पुरुष हाफ भेष्ट ९४ पिस, लेडिज कर्ट सेट १७५ पिस, लेडिज पर्ता ४० पिस, लेडिज सुरुवाल १०८ पिस, तुनावाला हाफ कुर्ती ६६ पिस, महिलाको मेक्सी ४० पिस समेत बरामद गरेर भन्सार कार्यालयमा बुझाइएका प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्