आयातकर्तासँग वस्तुको खुद्रामूल्य खोज्दा विराटनगर भन्सारमा रोकिए कन्टेनर

<span class='c1'>आयातकर्तासँग वस्तुको खुद्रामूल्य खोज्दा</span> <span class='c2'>विराटनगर भन्सारमा रोकिए कन्टेनर</span>

विराटनगर । बालेन सरकारले आयातकर्तासँग वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्सार बिन्दुमै खोज्दा व्यावसायिक अलमलमा परेका छन् । विराटनगर भन्सार कार्यालयमा व्यवसायिक वस्तुको जाँचपास मंगलबारदेखि रोखिएको छ । भन्सार यार्डमा अहिले मालवस्तु बोकेका मालवाहक पार्किङ्ग गरेर राखिएको छ । औद्योगिक प्रयोजनका कच्चा पदार्थ भने छुटिरहेका छन् ।

मंगलबारदेखि सरकारले व्यवसायिक वस्तुको एमआरपी (मूल्य) अनिवार्य गरेको थियो । मंगलबार आईसिपी परिसरमा दुईसय संख्यामा मालवाहक ट्रक रोकिएका थिए । बुधबार दिउँसोसम्ममा थप एकसय मालवाहक सवारी थपिएका छन् । साँझसम्ममा यसको संख्या चारसय हाराहारी पुग्ने अनुमान गरिएको छ । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहका अनुसार एमआरपी उल्लेख नभएका व्यवसायिक वस्तुको जाँचपास रोकिएको हो । यो सरकारको निर्णय अनुसार भन्सार विभागले गरेको परिपत्रका आधारमा निर्णय लिइएको हो ।

सरकारको यो नियमले विराटनगरका व्यवसायि भने अलमलमा परेको सुनाउँछन् । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सरकारले उपभोक्ताको हातमा पुग्ने वस्तुमा खोजिरहेको मूल्य भन्सार बिन्दुमा संभव नहुने बताए । उनले आयातकर्तासँग नै बिक्रेताबाट खोज्नुपर्ने मूल्य खोज्नु गलत रहेको बताए ।

भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माका अनुसार ट्याक्टर, एसि, पंखा, छाता, तयारी पोशाक, फ्रिज जस्ता वस्तु जाँचपास भएको छैन । तर, आलु, प्याज र स्याउको हकमा भने भन्सार कार्यालयले जाँचपास गरिरहेको छ । बल्ककार्गोमा आउने यी वस्तु धेरै समय रोक्दा बिग्रनसक्ने भएरपनि छोडिएको हुनसक्ने बुझाई शर्माको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्