विराटनगरका उद्यमी सुयास प्याकुरेल महासंघको राष्ट्रिय नेतृत्वमा

<span class='c1'>विराटनगरका उद्यमी सुयास प्याकुरेल</span> <span class='c2'>महासंघको राष्ट्रिय नेतृत्वमा</span>

विराटनगर बैशाख २३ ,

नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट्सतर्फको निर्वाचनमा विराटनगरका व्यवसायी सुयास प्याकुरेल प्रभावशाली रूपमा कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। ३३ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १७ भित्र पर्न सफल उनले १,०६९ मत प्राप्त गर्दै आफ्नो सशक्त उपस्थिति देखाएका हुन्।

विराटनगरमै बसेर व्यवसायिक पहिचान बनाएका प्याकुरेल एमएम प्लास्टिक, सिटी सिनेमा जस्ता उद्यमसँग आबद्ध छन् भने नेपाल प्रिमियर लिगअन्तर्गत विराटनगर किंग्स टिमका मालिकका रूपमा पनि परिचित छन्। साथै, उनी उद्योग संगठन मोरङका पूर्व अध्यक्ष समेत भइसकेका छन्।

व्यवसाय, मनोरञ्जन, बैंक क्षेत्र र खेलकुद तीनै क्षेत्रमा सक्रिय प्याकुरेलको यो जितलाई विराटनगरका उद्यमीहरूको प्रतिनिधित्व र प्रभावका रूपमा समेत हेरिएको छ। महासंघभित्र अब उनको भूमिकाले निजी क्षेत्रका मुद्दा उठान र नीतिगत बहसमा थप ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्