अलैंची, अदुवा र बेसार निर्यातमा भारतसँगै तेस्रो मुलुकको विकल्पमा जानुपर्ने सुझाव

<span class='c1'>अलैंची, अदुवा र बेसार निर्यातमा भारतसँगै</span> <span class='c2'>तेस्रो मुलुकको विकल्पमा जानुपर्ने सुझाव</span>

विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारलाई भारतसँगै तेस्रो मुलुकमा निर्यात गर्नका लागि मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने माग व्यवसायीले गरेका छन् । उच्चमूल्य कृषि नगदेबालीको रुपमा रहेका यी वस्तु भारतमा अहिलेसम्म निर्वाध निर्यात भइरहेको भएपनि यसको बजार विस्तारका लागि आवश्यक तयारी नेपालले गर्नुपर्ने उनीहरुको माग राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र वल्र्ड बैंक गु्रप अन्तरगत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) को आयोजनामा विराटनगरमा शुक्रबार भएको ‘उच्च मूल्य कृषिवालीहरुको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवद्र्धन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सरकारले प्राथमिकतामा जोड दिन नसकेको आरोप लगाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठले कोशी प्रदेशमा चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज, जडीबुटी, ताजा तरकारी भारत लगायत अन्य देशहरुमा निर्यात गरिंदै आएपनि यस्ता वस्तुको परीक्षणका लागि मान्यताप्राप्त प्रयोगशाला अभाव रहेको बताउनुभयो । उहाँले उच्च मूल्य श्रृंखला अन्तरगत अदुवा, अलैची, बेसार जस्ता बस्तुको उत्पादन बढाउन सकिने भएपनि त्यसका लागि सरकारले ठोस कार्यक्रम र आवश्यक पूर्वाधार सहजीकरण गर्नुपर्ने माग गर्नुभयो ।

अलैंची व्यवसायी निर्मल भट्टराईले भारतमा निर्यात हुनेमध्येको प्रमुख नगदे बाली अलैंचीको बजार तेस्रो मुलुकमा विस्तार गर्नका लागि आवश्यक पर्ने मापदण्ड पूरा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले त्यसका लागि परीक्षण प्रयोगशाला मात्रै नभई उत्पादनपछि त्यसको तयारीका प्रक्रिया जस्तै, आधुनिक ड्रयायर (सुकाउने), ब्राण्डिङ्ग अनि प्याकेजिङ्गका कार्यमा सुधार गर्नुपर्ने बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले आवश्यक पर्ने काम गरिदिनुपर्ने उहाँको भाग थियो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुश लिङथेपले निजी क्षेत्रले अगुवाई गरेर किसानसम्म पुग्ने गरी सरकारले कार्यक्रम बनाउने बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघले अगुवाई गरेमा परीक्षण प्रयोगशाला निर्माण गर्नेदेखि आधुनिकीकरणका लागि किसान कार्यक्रम ल्याउन सकिने आश्वासन दिनुभयो ।
यसैगरी बेसार व्यवसायी राजन आचार्यले नेपालको बेसार भारत र अन्य मुलुकमा माग प्रशस्त रहेको बताउनुभयो । अदुवाको अहिलेसम्म भारत निर्यात निर्भर रहँदै आउको छ । सरकारले यी सबै वस्तुका आवश्यक पर्ने परीक्षण प्रयोगशालादेखि सुकाउने मेशिन तथा औजारको प्रवन्ध खास किसानको पहुँचसम्म पु¥याउन आवश्यक रहेको बताइएको थियो ।

छलफल कार्यक्रममा आइएफसीका सिनियर अपरेशन अफिसर साउथ एशिया रिजनका विजयशेकरले अहिले नेपालको उत्पादन अलैंची, बेसार र अदुवा धेरै मात्रामा भारततर्फ निर्यात भईरहेको भएपनि तेस्रो मुलुकमा प्रशस्त निर्यातका लागि सहजीकरण नभएको बताउनुभयो । उहाँले यदि किसान लक्षित कार्यक्रम बनाउनसक्दा नेपाल उद्योग वाणिज्य महासंघ आईएफसीले साझेदार योजना बनाउन सहयोग गर्ने बताउनुभयो ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरणका प्रमुख मनोज यादव, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पुष्पलाल राईले सुपर जोन तोकेर उत्पादन भइरहेका वस्तुहरुको परीक्षणका लागि एकिकृत प्रयोगशाला निर्माण गर्ने योजना सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्