यशोधा फुड्सको स्पष्टिकरण: “सबै करेन्ट चाउचाउ असुरक्षित होइन”

<span class='c1'>यशोधा फुड्सको स्पष्टिकरण: “सबै</span> <span class='c2'>करेन्ट चाउचाउ असुरक्षित होइन”</span>

यशोधा फुड्स प्रालिले बजारमा फैलिएको चिन्ताबारे स्पष्ट पार्दै निश्चित ब्याचबाहेकका सबै ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउ पूर्ण रूपमा सुरक्षित र उपभोगयोग्य रहेको जनाएको छ।

कम्पनीले सोमबार जारी गरेको सूचनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनालाई आधार मान्दै केवल ब्याच नम्बर २०२६/०२/२३–०४ए (१०० ग्राम) को उत्पादन मात्र प्रश्न उठेको र सो बाहेकका सबै ब्याचका उत्पादन खान मिल्ने स्पष्ट पारेको हो।

सूचनामा भनिएको छ कि उक्त विशेष ब्याच बाहेक अन्य मितिमा उत्पादित वा फरक ब्याच नम्बर भएका सबै ‘करेन्ट चाउचाउ’ निर्वाध रूपमा उपभोग गर्न सकिन्छ। कम्पनीले उपभोक्ता, खुद्रा विक्रेता तथा अधिकृत वितरकहरूलाई कुनै पनि भ्रममा नपरी नियमित बिक्री–वितरण र उपभोग जारी राख्न आग्रह गरेको छ।

कम्पनीका अनुसार बजारमा फैलिएको हल्ला र शंका निराधार भएको उल्लेख गर्दै यशोधा फुड्सले आफ्नो उत्पादनको गुणस्तर र उपभोक्ता सुरक्षाप्रति पूर्ण प्रतिबद्धता दोहोर्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्