विराटनगर जेष्ठ २६ ,
सुन्दरहरैचा स्थित नेपालीरिका होटल लिमिटेडले पूर्वी नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष "चिल एण्ड चियर्स" पूल पार्टी आयोजना गर्ने भएको छ।
कार्यक्रम २०८३ जेठ २९ गते शुक्रबार साँझ ५ बजेदेखि राति ९ बजेसम्म होटलको अत्याधुनिक स्विमिङ पूल परिसरमा हुनेछ। गर्मी मौसममा स्थानीय तथा बाह्य पाहुनालाई मनोरञ्जनसहित शीतल अनुभव प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको होटलले जनाएको छ।
कार्यक्रममा लाइभ डिजे प्रस्तुति, सुमधुर संगीत, रमाइला खेलहरू र विशेष फूड स्टेसन रहनेछन्। पाहुनाहरूले पूलसाइडमा विभिन्न स्वादिष्ट परिकार र सिग्नेचर ड्रिङ्क्सको पनि मजा लिन सक्नेछन्।
होटलका मार्केटिङ म्यानेजर विकी राईका अनुसार कार्यक्रमले नेपालिरिकाको प्रिमियम आतिथ्य सेवा र स्थानीय स्वादलाई एकै ठाउँमा जोड्नेछ।