फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

<span class='c1'>फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका</span> <span class='c2'>सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?</span>

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ । इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ टोलीले उपाधिका लागि नकआउट भिडन्त गर्नेछन् ।

आइतबार (जुन २८) देखि सुरु हुने यस चरणमा अब हुने एउटै हारले टोलीको विश्वकप यात्रा समाप्त गर्नेछ । नकआउट चरणको उद्घाटन खेलमा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका र समूह ‘बी’ को उपविजेता क्यानडा आमनेसामने हुँदैछन् । यस्तै, दोस्रो खेलमा बलियो जर्मनीले वाइल्डकार्ड टोली पराग्वेको सामना गर्नेछ भने पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाली पावरहाउस जापानसँग खेल्नेछ । चौथो खेलमा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्स र अफ्रिकी उपविजेता मोरक्को भिड्नेछन् ।

असार १४ गते आइतबार (जुन २८) र असार १५ गते सोमबार (जुन २९) का खेलहरू

दक्षिण अफ्रिका विरुद्ध क्यानडा

समयः असार १४ गते (जुन २८), राति ११ः४५ बजे (नेपाली समय)

स्थानः लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम), क्यालिफोर्निया, अमेरिका

जर्मनी विरुद्ध पाराग्वे

समयः असार १५ गते (जुन २९), बिहान ३ः१५ बजे (नेपाली समय)

स्थानः बोस्टन स्टेडियम (जिलेट स्टेडियम), म्यासाचुसेट्स, अमेरिका

ब्राजिल विरुद्ध जापान

समयः असार १५ गते (जुन २९), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः ह्युस्टन स्टेडियम (एनआरजी स्टेडियम), टेक्सस, अमेरिका

नेदरल्यान्ड्स विरुद्ध मोरक्को

समयः असार १६ गते (जुन ३०), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः मोन्टेरे स्टेडियम (इस्टाडियो बीबीभीए), गुआडालुपे, मेक्सिको

असार १६ गते मंगलबार (जुन ३०) र असार १७ गते बुधबार (जुलाई १) का खेलहरू

आइभोरी कोस्ट विरुद्ध नर्वे

समयः असार १६ गते (जुन ३०), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम), टेक्सस, अमेरिका

फ्रान्स विरुद्ध स्वीडेन

समयः असार १७ गते (जुलाई १), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः न्यु योर्क न्यु जर्सी स्टेडियम (मेटालाइफ स्टेडियम), न्यु जर्सी, अमेरिका

मेक्सिको विरुद्ध इक्वेडर

समयः असार १७ गते (जुलाई १), बिहान ५ः४५ बजे (नेपाली समय)

स्थानः मेक्सिको सिटी स्टेडियम (इस्टाडियो एस्टेका), मेक्सिको सिटी, मेक्सिको

इङ्गल्याण्ड विरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गो

समयः असार १७ गते (जुलाई १), राति ८ः४५ बजे (नेपाली समय)

स्थानः एटलान्टा स्टेडियम (मर्सिडिज–बेन्ज स्टेडियम), जर्जिया, अमेरिका

असार १८ गते बिहीबार (जुलाई २) र असार १९ गते शुक्रबार (जुलाई ३) का खेलहरू

बेल्जियम विरुद्ध सेनेगल

समयः असार १८ गते (जुलाई २), बिहान सुदूर ६ः४५ बजे (नेपाली समय)

स्थानः सेटल स्टेडियम (लुमेन फिल्ड), वासिङ्टन, अमेरिका

संयुक्त राज्य अमेरिका विरुद्ध बोस्निया एण्ड हर्जगोभिना

समयः असार १८ गते (जुलाई २), बिहान १०ः४५ बजे (नेपाली समय)

स्थानः सान फ्रान्सिस्को बे एरिया स्टेडियम (लेभिस स्टेडियम), क्यालिफोर्निया, अमेरिका

स्पेन विरुद्ध अस्ट्रिया

समयः असार १८ गते (जुलाई २), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम), क्यालिफोर्निया, अमेरिका

पोर्चुगल विरुद्ध क्रोएसिया

समयः असार १९ गते (जुलाई ३), बिहान २ः४५ बजे (नेपाली समय)

स्थानः टोरन्टो स्टेडियम (बीएमओ फिल्ड), ओन्टारियो, क्यानडा

असार १९ गते शुक्रबार (जुलाई ३) को राति र असार २० गते शनिबार (जुलाई ४) का खेलहरू

स्विट्जरल्याण्ड विरुद्ध अल्जेरिया

समयः असार १९ गते (जुलाई ३), बिहान ६ः४५ बजे (नेपाली समय)

स्थानः भ्यानकुभर स्टेडियम (बीसी प्लेस), ब्रिटिश कोलम्बिया, क्यानडा

अष्ट्रेलिया विरुद्ध इजिप्ट

समयः असार १९ गते (जुलाई ३), राति १०ः४५ बजे (नेपाली समय)

स्थानः डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम), टेक्सस, अमेरिका

अर्जेन्टिना विरुद्ध केप भर्डे

समयः असार २० गते (जुलाई ४), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः मियामी स्टेडियम (हार्ड रक स्टेडियम), फ्लोरिडा, अमेरिका

कोलम्बिया विरुद्ध घाना

समयः असार २० गते (जुलाई ४), बिहान ५ः४५ बजे (नेपाली समय)

स्थानः कान्सास सिटी स्टेडियम (एरोहेड स्टेडियम), मिसौरी, अमेरिका

अब नकआउट चरणमा प्रत्येक खेल निर्णायक हुनेछ । विजयी टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । उपाधि दाबेदार टोलीहरूबीच हुने रोमाञ्चक प्रतिस्पर्धासँगै केही नयाँ टोलीले इतिहास दोहोर्याउने वा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्