ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

<span class='c1'>ब्राजिललाई हराउँदै नर्वे</span> <span class='c2'>विश्वकपको क्वाटरफाइनलमा प्रवेश</span>

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नर्वेको जितमा दुवै गोल हालान्डले गर्नुभएको हो । उहाँले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गर्नुभएको थियो । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गर्नुभएको थियो । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गर्नुभएको हो । त्यस्तै उहाँले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गर्नुभयो ।

त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्