मोरङ उद्योग व्यापार संघ इन्टरनेशनल चेम्बर अफ कमर्शको सदस्यमा नियुक्त

<span class='c1'>मोरङ उद्योग व्यापार संघ इन्टरनेशनल</span> <span class='c2'>चेम्बर अफ कमर्शको सदस्यमा नियुक्त</span>

विराटनगर । नेपालकै पहिलो उद्योग वाणिज्य संघको रुपमा रहेको मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) ले संघलाई सदस्यका रुपमा मनोनित गरेको हो । विश्वका एक सयभन्दा बढी मुलुकका उद्योग वाणिज्य संघ, व्यवसायिक संस्था तथा करोडौँ व्यवसायिक प्रतिष्ठानहरुको प्रतिनिधित्व गर्ने आईसीसीको सदस्य बनेसँगै मोरङ उद्योग व्यापार संघ अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालसँग प्रत्यक्ष जोडिएको छ ।

संघका अध्यक्ष अनुपम राठीले सन् २०२५ देखि आईसीसीको सदस्यको नियुक्ति प्राप्त गरेको जानकारी दिँदै यस उपलब्धीले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि नयाँ अवसरको ढोका खुलेको बताए । उनले अब मोरङ उद्योग व्यापार संघमार्फत नेपाली उद्योगी व्यवसायीहरुले आईसीसीअन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र अवसरहरु उपयोग गर्न सक्ने बताए । आईसीसीले विश्वभरका निजी क्षेत्रका उद्योग व्यवसायको हित संरक्षण, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, व्यवसायिक क्षमता अभिवृद्धि, नीति निर्माण तथा व्यापारिक सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
मोरङ उद्योग व्यापार संघ आईसीसीको सदस्य बनेपछि अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्र् अधिकार, डिजिटल अर्थतन्त्रलगायतका विषयमा हुने विश्वस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाली निजी क्षेत्रको आधिकारिक सहभागिता सुनिश्चित हुने अध्यक्ष राठीले बताए ।

उनका अनुसार अब अन्तर्राष्ट्रिय नीति निर्माण तथा पैरवी प्रक्रियामा नेपाली उद्योगी व्यवसायीका सुझाव र धारणा समावेश गराउन सहज हुनेछ । त्यस्तै, अस्थायी आयात–निर्यातलाई सहज बनाउने उद्देश्यले आईसीसीद्वारा सञ्चालन हुँदै आएको एटीए कार्नेट प्रणालीसमेत नेपालका उद्योग व्यवसायीहरुले संघमार्फत उपयोग गर्न सक्ने भएका छन् । निर्यातकर्ताहरुले आईसीसीको मापदण्डअनुसार आवश्यक प्रमाणपत्र, व्यवसायिक सिफारिस तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कागजातहरु संघबाट प्राप्त गर्न सक्नेछन् ।

संघले अब आफ्ना सदस्य प्रतिष्ठानहरुलाई विश्वका एक सयभन्दा बढी देशका चेम्बर तथा व्यवसायिक संस्थाहरुसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनेछ । अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक बैठक, प्रतिनिधिमण्डल आदानप्रदान, बी टू बी म्याच मेकिङलगायतका कार्यक्रममा सहभागिताको अवसर उपलब्ध गराउने संघले जनाएको छ ।

आईसीसीअन्तर्गत रहेको वल्र्ड चेम्बर्स फेडरेशन (डब्लुसीएफ) का चेम्बर मेन्टरशिप कार्यक्रम, क्षमता अभिवृद्धि कार्यशाला, नवप्रवर्तन पुरस्कार, तालिम, सेमिनार तथा वेबिनारमा समेत संघ र यसका सदस्य उद्योग व्यवसायले सहभागिता जनाउन सक्नेछन् । त्यसैगरी, आईसीसीबाट प्रकाशित अन्तर्राष्ट्रिय व्यापारिक पोर्टल, अनुसन्धानात्मक प्रतिवेदन तथा अध्ययन सामग्रीहरु संघका सदस्यहरुले प्राप्त गर्न सक्नेछन् । साना तथा मझौला उद्योगहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न आवश्यक जानकारी, अनुसन्धान तथा व्यवसाय विकासमा समेत सहयोग पुग्ने संघको विश्वास छ ।

अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको विश्व प्रसिद्ध मध्यस्थता तथा मध्यस्थ सेवा उपयोग गर्ने अवसरसमेत नेपाली व्यवसायीहरुले प्राप्त गर्ने भएका छन् । अध्यक्ष राठीले आफ्नो नेतृत्वमा संघले अन्तर्राष्ट्रिय महासंघको सदस्यता प्राप्त गर्न सफल भएकोमा गौरव महसुस गरेको बताए । उनले यो उपलब्धि मोरङ उद्योग व्यापार संघको मात्र नभई सम्पूर्ण नेपाली उद्योग व्यवसाय क्षेत्रकै ऐतिहासिक सफलता भएको बताए ।

“आईसीसीको सदस्यताले नेपाली उत्पादन तथा सेवाहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन, निर्यात प्रवद्र्धन गर्न, विदेशी लगानी आकर्षित गर्न र विश्वस्तरमा नेपाली व्यवसायीको आवाज स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्नेछ,” राठीले भने ।

उनले अब संघले अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपाली उत्पादनको प्रवद्र्धन, निर्यातमुखी उद्योगलाई सहजीकरण, अन्तर्राष्ट्रिय प्रमाणिकरण प्रक्रियामा सहयोग, व्यवसायिक भ्रमण आदानप्रदान तथा सुरक्षित र दिगो व्यवसायिक वातावरण निर्माणमा भूमिका खेल्ने बताए । मोरङ उद्योग व्यापार संघले आईसीसीको सदस्यतासँगै आफ्ना सदस्य व्यवसायहरुलाई विश्वस्तरीय सेवा उपलब्ध गराउने, अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र नेपालको व्यापारिक पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्