५२ वर्षमा बलिउड अभिनेत्री काजोलः दर्शकको मन जितेका पाँच अविस्मरणीय फिल्म

<span class='c1'>५२ वर्षमा बलिउड अभिनेत्री काजोलः दर्शकको</span> <span class='c2'>मन जितेका पाँच अविस्मरणीय फिल्म</span>

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री काजोलले आज आफ्नो ५२औँ जन्मदिन मनाउँदैछिन् । सन् १९७४ अगस्ट ५ मा जन्मिएकी काजोलले तीन दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी चलचित्र उद्योगलाई थुप्रै अविस्मरणीय पात्र र सफल फिल्महरू दिएकी छन् । रोमान्टिक भूमिकादेखि गम्भीर र चुनौतीपूर्ण चरित्रसम्म उनले आफ्नो बहुआयामिक अभिनय क्षमताको परिचय दिएकी छन् ।

काजोलको नाम आउँदा दर्शकले सबैभन्दा पहिले सम्झिने फिल्ममध्ये एक हो सन् १९९५ मा प्रदर्शन भएको ‘दिलवाले दुल्हनिया ले जायेंगे’ यस फिल्ममा उनले निभाएको ‘सिमरन’ पात्र आज पनि बलिउडको सबैभन्दा लोकप्रिय महिला पात्रमध्ये एक मानिन्छ । अभिनेता शाहरुख खानसँगको उनको जोडीले फिल्मलाई कालजयी बनाएको थियो । यसअघि सन् १९९३ मा आएको थ्रिलर फिल्म ‘बाजीगर’ले पनि काजोलको करियरलाई नयाँ उचाइ दिएको थियो । ‘प्रिया चोपडा’को भूमिकामा उनले भावनात्मक अभिनय प्रस्तुत गरेकी थिइन् । यही फिल्मबाट शाहरुख खान र काजोलको चर्चित जोडीको सुरुआत भएको मानिन्छ । सन् १९९७ मा प्रदर्शन भएको ‘गुप्तः द हिडन ट्रुथ’ मा काजोलले आफ्नो परम्परागत रोमान्टिक छविभन्दा फरक भूमिका निर्वाह गरिन् । ‘इशा दिवान’को रहस्यमय पात्रमा उनले मनोवैज्ञानिक हत्याराको भूमिका निभाएकी थिइन्, जसले समीक्षक र दर्शक दुवैबाट प्रशंसा प्राप्त गरेको थियो । त्यसपछि सन् १९९८ मा आएको करण जोहर निर्देशित ‘कुछ कुछ होता है’ मा ‘अञ्जली’को भूमिकाले काजोललाई थप लोकप्रिय बनायो । कलेजकी चञ्चल युवतीदेखि परिपक्व महिलासम्मको उनको चरित्र विकास फिल्मको सबैभन्दा स्मरणीय पक्ष बनेको थियो । हास्य, भावना र ऊर्जाले भरिएको उनको अभिनयलाई दर्शकले विशेष रुचाएका थिए ।

काजोलको अभिनय यात्राको अर्को महत्वपूर्ण फिल्म हो ‘फना’ सन् २००६ मा यो फिल्मा उनले दृष्टिविहीन युवती ‘जुनी’को भूमिका निभाएकी थिइन् । जो जटिल प्रेमकथामा फस्छिन् । आमिर खानसँगको उनको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यस फिल्मका लागि काजोलले ५२औँ फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार समेत जितेकी थिइन् । काजोलले आफ्नो करियरमा ‘माइ नेम इज खान’, ‘माँ’ ‘सरजमीन’ लगायतका फिल्ममार्फत पनि उत्कृष्ट अभिनय प्रस्तुत गरेकी छन् । आज उनको जन्मदिनको अवसरमा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनको योगदानको स्मरण गरिरहेका छन् । बलिउडमा तीन दशकभन्दा बढी समय बिताउँदा पनि काजोलको लोकप्रियता र अभिनयप्रतिको आकर्षण भने उस्तै कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्