कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै

<span class='c1'>कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन</span> <span class='c2'>एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै</span>

विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक भव्य रूपमा ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित आधुनिक सुरक्षा प्रणाली विकास गर्दै आएको हिकभिजनले मोरङको विराटचोकस्थित नेपालरिका होटलमा साउन ३१ गते एक्स्पो आयोजना गर्न लागेको हो।

एक्स्पोमा हिकभिजनका अत्याधुनिक प्रविधि र नयाँ उत्पादनहरू प्रत्यक्ष अनुभव गर्न पाइनेछ। नेपालको आधिकारिक वितरक म्याक्सिमा मल्टी नेशनल ट्रेडिङ प्रा.लि.का प्रमुख मनिकुमार तामाङका अनुसार, कार्यक्रमले सुरक्षा प्रविधिमा भइरहेको नवीनतम विकासलाई नजिकबाट बुझ्ने अवसर दिनेछ।

एक्स्पोमा ८ वटा विशेष स्टल रहनेछन्, जसमा घरेलु तथा साना व्यवसायका लागि स्मार्ट सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, प्रोफेशनल अडियो सोलुसन, डिजिटल डिस्प्ले एडभर्टाइजिङ, एजुकेशन सोलुसन, अलार्म सेक्युरिटी सिस्टम, वायरलेस होम सेक्युरिटी प्रविधि लगायतका अत्याधुनिक समाधानहरू प्रस्तुत गरिनेछन्।

त्यसैगरी, पछिल्लो समय बढ्दै गइरहेका सुरक्षा चुनौतीहरूलाई प्रविधिले कसरी सहज र प्रभावकारी रूपमा समाधान गर्न सक्छ भन्ने विषयमा विज्ञहरूले विशेष प्रस्तुति दिनेछन्।

कोशी प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको यस एक्स्पोको व्यवस्थापन विराटनगरका आधिकारिक विक्रेता एल्पनाइन टेक्नोलोजीजसहित प्यारागन आईटी सोलुसन (इटहरी), आरएस कम्प्युटर (दमक) र तेजस्वी कम्प्युटर सपोर्ट (विर्तामोड) ले संयुक्त रूपमा गरिरहेका छन्।

एल्पनाइन टेक्नोलोजीजका सञ्चालक सुरज ढुंगानाका अनुसार, यस एक्स्पोले व्यवसायिक तथा घरेलु सुरक्षा प्रणालीलाई थप स्मार्ट, सुरक्षित र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रविधि, सुरक्षा र नवप्रवर्तनको संगमका रूपमा प्रस्तुत हुने यो एक्स्पोले कोशी प्रदेशमा सुरक्षा समाधानको नयाँ आयाम खोल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्