विराटनगर । मोरङ उद्योग व्यापार संघको ३५ औँ कार्यसमिति सदस्यहरुको निर्वाचनबाट अध्यक्षमा अनिल कुमार साह निर्वाचित भएका छन् । आइतबार निर्वाचित ३५ औं कार्यकारीणी सदस्यहरुमध्येबाट साह अध्यक्षमा निर्वाचित भएका हुन् । संघको विधान तथा नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।
संघको नवगठित ३५ औँ कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत चयन गरेको छ । संघको ३५औँ कार्यसमितिको अध्यक्षमा साहसहित वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकास कुमार बेगवानी, उद्योग उपाध्यक्षमा संजय कुमार श्रेष्ठ, महासचिवमा अमित कुमार सारडा, सचिवद्वय अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिष कुमार मारु र प्रवक्तामा सुशिल सुराना चयन भएका छन् ।
त्यस्तै, निर्वाचनबाट निर्विरोध निर्वाचित राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक), विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु कार्यसमिति सदस्यका रुपमा रहेका छन् भने डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मा कार्यसमिति सदस्यमा मनोनित भएका छन् । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष अनुपम राठी ३५ औँ कार्यसमितिको पदेन सल्लाहकारका रुपमा रहेका छन् ।
त्यसका साथै, ३५ औँ कार्यसमितिले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यहरुका रुपमा मनोनयन गर्नुका साथै महिला उद्यम समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठलाई मनोनयन गरेको छ ।
