घटस्थापनादेखि विराटनगरमा ‘विराट सडक महोत्सव’

<span class='c1'>घटस्थापनादेखि विराटनगरमा ‘विराट</span> <span class='c2'>सडक महोत्सव’</span>

विराटनगर असोज ४ ,

बडादशैंको अवसर पारेर विराटनगरमा ‘छैटौँ विराट सडक महोत्सव’ आयोजना हुने भएको छ। घटस्थापनादेखि सुरु हुने महोत्सवमा विभिन्न जातजातिका मौलिक खानाका परिकारसँगै दैनिक सांगीतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

मन्जिना मुभिज क्रियसनको आयोजनामा हुने महोत्सव असोज २५ गते आइतबारदेखि विराटनगरको महेन्द्र चोक–हिमालय रोडमा सञ्चालन हुनेछ।

महोत्सवमा विभिन्न समुदायका परम्परागत तथा स्थानीय खानाका स्वाद चाख्न पाइनेछ भने हरेक दिन सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिनेछ।

दशैंको माहोललाई थप उत्सवमय बनाउँदै खाना, संगीत र सडकको रमाइलो एकै ठाउँमा अनुभव गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महोत्सवको मुख्य प्रवर्द्धक तथा सह–आयोजक विराटनगर महानगरपालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्