सुनको मूल्यमा साताभर उतारचढाव,आज ३ हजार घट्यो

<span class='c1'>सुनको मूल्यमा साताभर उतारचढाव,आज</span> <span class='c2'>३ हजार घट्यो</span>

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य केही महिनायता बढ्दो क्रममा छ। यो साता भने सुनको मूल्यमा घटबढ भइरह्यो।

सातो पहिलो र दोस्रो दिन एउटै मूल्यमा कारोबार भएको सुन तेस्रो दिन भने बढेर रेकर्ड नै कायम गर्न पुग्यो।

साताको अन्तिम दिन आज (शुक्रबार) लागि नेपाल सुनचाँदी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ५ सय रुपैयाँ तोेकेको छ। आज एकैदिन तोलामा ३ हजार रुपैयाँले घटेको हो । भोलि (शनिबार) पनि यही मूल्यमा सुन कारोबार हुनेछ।व्यवसायीहरुका अनुसार मूल्य बढेका कारण बिहे, ब्रतवन्धको सिजनका बाबजुद पनि सुन कारोबार निराशाजनक छ। यही अवस्था रहे चैतमा कारोबार ठप्पै हुने व्यवसायीको अनुमान छ।

साताभर सुनको मूल्य

आइतबार- ८२५००

सोमबार- ८२५००

मंगलबार- ८२७००

बुधबार- ८२३००

बिहीबार- ८१५००

शुक्रबार- ७८५००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्