कोरोना सावधानी : मोरङका सबै नाकामा कडा निगरानी गर्न प्रशासनको निर्देशन

<span class='c1'>कोरोना सावधानी : मोरङका सबै नाकामा</span> <span class='c2'>कडा निगरानी गर्न प्रशासनको निर्देशन</span>

मोरङ । कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।

उनले नेपाल–भारत ओहोरदोहोर गर्ने सीमावर्ती नाकामा सुरक्षाकर्मीसहितको स्वास्थ्य टोलीबाट कोरोना जाँच शुरु गरेको र कतिपय मानिस जाँच गर्न नमानेर भाग्न खोज्दा पक्रेर जाँच गराइरहेको उपरीक्षक कार्कीले जानकारी दिए ।

सबैभन्दा बढी मानिस ओहोरदोहोर गर्ने रानी भन्सारमा हिजो मात्र १४ हजार मानिस भारतबाट नेपाल छिरेको र यतिका सङ्ख्यामा आउने मानिसलाई कोरोनाको जाँच गर्न राखिएको हेल्थ डेस्कबाट काम गर्न कठिनाइ भइरहेकाले पुग्नेगरी स्वास्थ्यकर्मी, उपकरण र सामग्री व्यवस्था हुनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

मोरङको सीमासँग जोडिएको गाउँपालिका र नगरपालिकाका प्रमुख एवं प्रशासकीय अधिकृतलाई सीमा क्षेत्रमा जाँच गर्ने व्यवस्था मिलाउन र सो सम्बन्धमा जनचेतना एवं जागरण हुने सूचना प्रवाह गर्न निर्देशन दिइएको छ । कोरोना भाइरसको त्राससँगै बजारमा हुने कालोबजारीतर्फ प्रशासनको विशेष ध्यान गएको र जनतालाई दैनिक आवश्यकपर्ने उपभोग्य सामग्री उपलब्ध गर्न सम्बन्धित कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएको निमित्त प्रजिअ केशरीले जानकारी दिए ।

यो भाइरसको महामारीबाट बच्न आम नागरिक सचेत रहनुपर्ने सरसफाइमा ध्यान दिनुपर्ने र शङ्का लागेमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै निमित्त प्रजिअ केशरीले प्रत्येक सरकारी कार्यालयमा हात धुने र सेनिटाइजर गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखलाई निर्देशन पनि दिएका छन् । यस्तै, बजारमा मास्क, ग्यास, इन्धनको अभाव हुन नदिन सम्बन्धित निकायसँग परामर्श भइरहेको र विराटनगर विमानस्थलमा कोरोना जाँच प्रक्रियालाई कडाइ र व्यवस्थित गर्न कार्यालय प्रमुख टेकनाथ सिटौलालाई निर्देशन दिएका छन् ।

प्रमुख सिटौलाले विमानस्थल आउने यात्रुसँग पु¥याउन आउने मानिस पनि विमानस्थल कार्यालय भित्रै पस्ने खोज्ने र त्यहाँ जाँच गर्ने पर्याप्त जनशक्ति नभएको र जाँचमा सहयोग गर्ने प्रहरीमा आवश्यक पर्ने सामग्री नरहेकाले समस्या हुने गरेको जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्