भारतबाट जोगबनी नाकाहुदै एकैदिन २४ हजार मानिस नेपाल प्रवेश

<span class='c1'>भारतबाट जोगबनी नाकाहुदै एकैदिन २४</span> <span class='c2'>हजार मानिस नेपाल प्रवेश</span>

विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणको सन्त्रास बढेसँगै अहिले भारतबाट नेपाल आउनेको संख्या बढेको छ ।
विराटनगर महानगरपालीको तथ्याङक् अनुसार विहीबार मात्र २४ हजार १ सय २३ जना भारतबाट नेपाल आउने मानिसको संख्या रहेको छ । विराटनगर महानगरपालीकाले नेपाल प्रवेश गर्ने स्थान जोगबनी रानी बोर्डरमा राखिएको डेल्थ डेक्समा गरिएको इन्फ्रा थर्मोमिटरबाट ज्वरो परीक्षण गरिदै आएको छ ।

 


गत फागुन २७ गतेदेखी रानी – जोगबनी बोर्डरमा राखिएको हेल्थ डेक्समा दैनिक भारतबाट आउने यात्रुहरुको ज्वरो नाप्ने काम गरिदै आएको छ । रानी बोर्डरमा प्रदेश सरकारसँग मिलेर ४ जना स्वास्थ्यकर्मीहरु खटाइएको छ । उनीहरुले दैनिकी नेपाल प्रवेश गर्ने आगन्तुकहरुको हिष्ट्री लिने काम गर्ने गरेका छन् ।
फागुन २६ गतेदेखि महागरपालिकाले हेल्थ डेस्कमा विहान र बेलुका गरी दुई चरणमा ४ जना स्वास्थ्यकर्मी परिचालन गर्दै आएको छ । यसअघि शुक्रबार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीबार २४ हजार १ सय १३ जनाको स्वास्थ्य गरिएको महानगरले जनाएको छ ।

 

[caption id="attachment_113317" align="alignnone" width="2048"] भारतबाट नेपाल प्रवेश गर्नेको संख्या देखाउदै विराटनगर महानगरपालीका फोकल पर्सन रमेश कार्की । तस्वीर ः प्रेम देवान[/caption]

एकै व्यक्ति सोही नाका भएर जोगवनी तथा विराटनगर पटक–पटक ओहोर–दोहोर गर्ने हुँदा आँकडा बढेको हेल्थ डेस्कले जनाएको छ। विराटनगरसँगै आसपासका क्षेत्रबाट सरसमान खरिदका लागि सर्वसाधारण जोगवनी पुग्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्