के बैंकका कर्मचारीलाई कोरोना लाग्दैन ?विराटनगरमा बैंक खुला ,कर्मचारी तनावमा

<span class='c1'>के बैंकका कर्मचारीलाई कोरोना लाग्दैन</span> <span class='c2'>?विराटनगरमा बैंक खुला ,कर्मचारी तनावमा</span>

विराटनगर चैत १२, कोरोना भाईरसको त्रासले विश्वका धेरै देश जस्तै नेपाल पनि लकडाउनमा रहेको छ । नेपालमा अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द गर्न सरकारले निर्देशन दिएको छ तर नेपालका अधिकांश बैंक भनेे बन्द भएका छैनन् ।

विराटनगरमा पनि अधिकांंश बैंक खुला अवस्थामा नै रहेका छन् । बैंक खुला भएपछि बैंकका कर्मचारी भने स्वास्थ्यको ख्याल गर्नु कि जागिरमा जानु भन्ने दोधारमा परेका छन् ।

विराटनगरको एउटा बैंकमा काम गरिरहेकी एक युवती आफ्नो नाम नखुलाउने सर्तमा भन्छिन् "अफिस जाउ भने स्वास्थ्यको डर , नजाने निर्णय गरे भने जागिरको डर । बैंकको ब्रान्चलाई अनुरोध गर्दा माथिबाट निर्णय नभई केही गर्न नसकिने उत्तर दिए ।"

धेरै बैंकका कर्मचारीले आफ्नो बैंकलाई अनुरोध गरेको तर केन्द्रीय स्तरबाट निर्णय नआएको हुनाले केही गर्न नसकिने उत्तर पाएको उनिहरुको गुनासो छ । यस्तो अवस्थामा काम गर्नुपर्दा मानिसलाई निकै तनाव हुने गरेको उनिहरुको दुखेसो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्