प्रदेश नम्बर १ अपडेट: कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइयो

प्रदेश नम्बर १ अपडेट: कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइयो

विराटनगर चैत्र १३ ,

प्रदेश नम्बर १ बाट कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइएको छ । १९ वटा केसको स्याम्पल काठमाडौँमा परीक्षणको लागि पठाईएकोे एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए।

यस्तै, प्रदेश सरकारले एक नम्बर प्रदेशमा १ सय ७४ बेडको आईसोलेसन तयार पारी सकेको छ ।

महाशाखाका प्रमुख सुरेश मेहतालेका अनुसार कोरोना विशेष अस्पताल विराटनगरको नेशनल ट्रेडिङ कम्पनीको हाता भित्र १० वटा आईसियु सहितको ५० बेडको अस्पतालको निर्माण अन्तिम अवस्थामा पुगेको छ ।

कोरोना विशेष अस्पताल ५ दिन भित्रमा सञ्चालनमा आइसक्ने पनि डा. मेहताले बताएका छन् । उनका अनुसार एक नम्बर प्रदेशका सबै नगरपालिकाहरुले २ हजार ४ सय ८ वटा आईसोलेसन निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्