लकडाउन नटेरेपछी विराटनगरमा “स्वास्थ्य संकट” घोषणा गरी सेना परिचालन गर्न मेयरको आग्रह

लकडाउन नटेरेपछी विराटनगरमा “स्वास्थ्य संकट” घोषणा गरी सेना परिचालन गर्न मेयरको आग्रह

विराटनगर चैत्र १३ ,

विश्वभर फैलिएको "कोरोना भाइरस" महामारीको नेपालमा पनि असर नियन्त्रण गर्न अहिले नेपाल "लकडाउन"  गरिएको छ । विराटनगरमा पनि "लकडाउन" को तेस्रो दिनसम्म आइपुग्दा मानिसहरुको चहलपहल सडकमा देखिने गरेको छ  ।विराटनगरका बासिन्दाले लकडाउनको अवज्ञा गरेको देखिन्छ । बजार क्षेत्रमा लकडाउनले मानिसहरु नभएपनि  भित्रका सडक र चोक–चाकमा स्थानीय बासिन्दाको जमघट देख्न सकिन्छ ।

जोगबनीसंगै रहेको प्रदेश नम्बर १ को राजधानी विराटनगर पनि कोरोनाको उच्च जोखिममा रहेको अनुमान गरिएको छ । यसै बिषयमा आज आवर बिराटनगरसंग टेलिफोन अन्तर्वार्तामा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले विराटनगरमा "स्वास्थ्य संकट" घोषणा गरी सेना परिचालन गर्न सरकारलाई लेखेर पठाइएको जानकारी दिए ।

"स्वास्थ्य संकट" घोषणा पछी कडाइका साथ मानिसहरुलाई घर मै बसाउन सफल भयौ भने कोरोना नियन्त्रण गर्न सफल भइने मेयर पराजुलीको भनाइ छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्