विराटनगरका मेयर पराजुलीले दिए कोरोना कोषलाई एक वर्षको तलबसुविधा

विराटनगरका मेयर पराजुलीले दिए कोरोना कोषलाई एक वर्षको तलबसुविधा

विराटनगर चैत १८,

कोरोना राहत कोषलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षभरिको तलब र सुविधा प्रदान गरेका छन् ।

प्रमुख पराजुलीले तेसो वर्ष वापतको तलव,सेवा र सुविघा बापत पाउने रकम मध्येबाट ४ लाख ९० हजार रुपैया राहत कोषलाई प्रदान गरेका हुन् । उनले एक बर्षमा तलव,सेवा र सुविघा बापत ५ लाख ४० हजार रुपैया पाउँछ।

विराटनगर महानगरपालिकाको कार्यकारणी बैठकले स्थापना गरको कोराना कोषलाई मेयर पराजुलीले सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि एक अर्ब बराबरको कोरोना राहत कोष खडा गर्ने निर्णय गरेको छ ।

उक्त्त कोषमा महानगरका सबै जनप्रतिनिधिहरूले एक महिनाको तलब, सेवा र सुविधावापतको रकम प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्