विराटनगरका दुइ युवा भारतमा फसे, लकडाउनले घर फर्कन समस्या

<span class='c1'>विराटनगरका दुइ युवा भारतमा फसे,</span> <span class='c2'>लकडाउनले घर फर्कन समस्या</span>

विराटनगर चैत्र १९,

विराटनगर घर भएका दुइ जना युवा भारतमा फसेका छन् । भारतको जम्सेदपुर झारखण्ड राज्यमा उनीहरु भारतमा जारी लकडाउनमा फसेका हुन् ।

बिराटनगरको सरोचिया घर भएका युवा पारस रजाक र उनका दाइ बिनोद रजक हाल भारतमा फसेको हुनाले उनीहरुले आवर विराटनगरलाई भारतबाट सम्पर्क गरी उद्दारको पहल गरीदिन आग्रह गरेका छन् । हाल उनीहरुसंग भएको खाना तथा पैसा सबै सकिएको र आफुहरू समस्यामा परेको पारसले दुख पोखे । उनीहरु बिगत १२ दिनदेखि भारतमा रहेको बताए । बाहिर हिड्न नपाएको कारण त्यहाँको स्थानीय प्रशाशन सम्म कुरा राख्न नपाएको जानकारी दिए ।

भारत र नेपालमा भएको लकडाउनले गर्दा नेपाल आउन नपाएको हुदा संबन्धित निकायलाई सहयोग गरिदिन उनले आग्रह गरे । आफन्तको मृत्यु संस्कारका लागि भारत गएका उनीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २१ दिने लकडाउनमा आफुहरु फसेको बताए । बस तथा रेलसेवा सबै बन्द भएको कारण नेपाल आउन नसकेको उनिहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्