विराटनगर चैत २३,
विराटनगरमा निशुल्क एम्बुलेन्स सेवा तरुण युवा समुहले सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसको प्रकोपको सावधानीको लागि गरिएको लकडाउनमा कोरोना तथा अन्य विमारीको लागि निजी सवारीसाधनलाई प्रयोग गरि निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
तीनवटा सवारीसाधनलाई एम्बुलेन्सको रुपमा विराटनगर महानगरपालिका भित्र प्रयोग गर्ने उदेश्यका साथ सेवा सुरु गरिएको तरुण युवाका क्षेत्रीय उपाध्यक्ष रोनाल कडेलले जानकारी दिए । सेवा लिनुु परेेे ९८४२२२२२२१ वा ९८१९३१४९०७ मा फोन गर््न सकिने छ ।