विराटनगर । विराटनगरको भाटभटेनी नजिकै रहेको भृकुटी सुपर मार्केटका सचालकदयले विराटनगर ६ का स्थानियवासीलाई राहत सामाग्री वितरण गरेका छन् ।
लामो सयमदेखी लकडाउनको समस्यामा परेका मजदुरका परिवारलाई राहत सामाग्री विरतरण गरिएको हो ।
भृकुटी सुपर मार्केटका संचालक एमडी राजु र राजु खानले दैनिकी ज्यालादारीमा काम गर्ने अति विपन्न परिवारकालाई राहत वितरण गरेका हुन् ।
उनीहरुले विराटनगर सरोचियाका १ सय घर धुरीका सदस्यालाई चामल , दाल , नुन, आलु लगायतका खाद्यन्न सामाग्री वितरण गरेका हुन् । उनीहरुले यस अघि पनि विभिन्न स्थानमा अति विपिन्न परिवारका सदस्यलाई साद्यन्न सामाग्री विरतरण गरेका छन् ।