कविता : भार – मधु खतिवडा

<span class='c1'>कविता : भार –</span> <span class='c2'>मधु खतिवडा</span>

कविता : भार

ठेस्सिदै हिड्ने मनिसको भार बोकेको आकाशे पुल
आज चौतारामा बिसाएको भरिया झै बिसाएको छ।
घण्टौ जामको चपेटामा निसासिएको बाटोले
आज भेन्टिलेटरको साथ पाएझै सास लिएको छ।

मुर्तीको दर्सनका लागी त छाड म छाड हुने मन्दिरले
पनि होम डेलिभरीको सर्भिस सुरु गरेको छ।
साझमा मोटरगाडीका झिलमिलले भरिने बाटो
आज भोका कुकुरहरूको खेल मैदान भएको छ।

मानिसको समिप्य जानु त के,
घरबाट निस्किनु पनि अचेल त्रासको कुरा हो।
बर्षौ देखी छोरोसंग समय बिताउने
मेरी आमाको रहर पुरा भो।

ईश्वरलाई सम्झिन पनि नभ्याउने मेरो मस्तिस्कले
आज उनैलाई पुकार्दैछ।
रेस्टुरेण्टा मिठामिठा खान पल्केको साईलो
सब्जी पसल मात्र खोलिदिन गुहार्दैछ।

रहरले त काहा हुन्थ्यो र
वाध्यताले घर बसेका छौ।
प्रकृतिको वास्ता नगरी दु:ख दिएका हामी
आज आफ्नै दलदलमा फसेका छौ।

अघि बढ्ने क्रममा प्रकृतिलाई जे गर्यौ
उनले अहिलेसम्म सहेर बसिन्।
सायद भार अति नै भयो होला,
उनलाई आरामको खाचो थियो
त्यसैले उनले यो खेल रचिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्