विराटनगर बैशाख २,
विश्वभर कोरोनाको महामारीले सबैलाई सताएको छ । महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल लगायत विश्वमा विभिन्न तरिका अपनाउने काम भइरहेको छ । यस्तै , कोरोनाबाट जोगिन विराटनगरमा नै ‘सेनिटाइजेसन बुथ' तयार गरिएको छ । विराटनगरका युुुुवा व्यवसायीको समुुुहको प्रयासमा उक्त बुथ तयार गरिएको हो ।
उक्त बुथमा मानिसको शरिरलाई सेनिटाईज गर्न प्रयोग हुनेे युवा व्यवसायी पुनित पौडेलले बताए । "१० लिटर सेनिटाइजरलेे १५० बढीलाई बुथमा सेनिटाइज गर्न सकिन्छ" पौडेलले आवर विराटनगरलाई जानकारी दिए । उक्त बुथमा मानिस चड्ने बित्तिकै मानिसको शरिरलाई सेनिटाइज गरिदिने सुविधा रहेको व्यवसायी सौरभराज भण्डारीले बताए ।
सो बुथ निर्माण गर्न व्यवसायीहरु सौरभ राजभण्डारी, पुनित पौडेल, अभिषेक केडिया, राजिब साह र समिर साहले योगदान दिएका छन् । विराटनगरको जानकी फर्निचर उद्योगमा बनिरहेको उक्त बुथको लागत मुल्य ४० हजार रुपैया रहेको छ ।
उक्त बुथ अस्पताल, बैक तथा भिडभाड हुने ठाउँमा राख्न सकिने पौडेलले बताए ।