प्रदेश नम्बर–१ सरकारद्वारा कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप

<span class='c1'>प्रदेश नम्बर–१ सरकारद्वारा कोरोना जनसुरक्षा</span> <span class='c2'>कोषमा १५ करोड रुपैयाँ थप</span>

विराटनगर, वैशाख ४ । प्रदेश नम्बर–१ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद् बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको भन्दै थप १५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो ।

यस्तै, प्रदेश सरकारले बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेशप्रमुखसँग सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको अवधारणापत्रलाई सैद्धान्तिक सहमति गरेको छ ।

प्रदेश सरकारले कोरोना प्रभावित तथा पहिचान तथा राहत वितरणसम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन समितिमा नेतृत्वविहीन भएको भन्दै त्यस कार्यालय सञ्चालनका लागि चाहिने आवश्यक काम गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्