विराटनगर बैशाख ५,
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमणको शंका गरिएको छ। विराटनगरको कोशी अस्पतालमा पीसीआर प्रविधिले परिक्षण गरिएका आठजनालाई कोरोना पोजेटिभ देखिएको थियो।
थप परिक्षणको लागि उनिहरुको नमूना काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ ।
टेकुमा पुनः परीक्षणपछि शनिबार बिहानसम्ममा उनीहरुको रिपोर्ट सार्वजनिक गरिने बताइएको छ।
यता कोशी अस्पतालले भने यस विषयमा कुनै जानकारी दिएको छैन ।