विराटनगर बैशाख ६ ,
उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रशासनले सो क्षेत्र सील गरेको छ ।
केही दिन अघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मार्दा भेटिएका ४ जना नेपालीसहित १२ जना भारतीयको स्वाब परीक्षण गरेर उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।
सुरक्षाकर्मीले मस्जिदलाई सील गर्नुको साथै भुल्के गाउँ प्रवेश गर्ने सबै नाकाहरु बन्द गरेको छ ।
उनीहरुको स्वाब नमुना संकलन गरि कोशी अस्पताल विराटनगरमा कोरोना परिक्षण गर्न पठाइएको थियो । परिक्षणबाट १२ जनाको रिपोर्ट पोजेटिभ आए पछि थप चेकजाचको लागि टेकु लगिएको थियो टेकुमा पनि रिपोर्ट पोजेटिभ देखिए संगै प्रशासनले कडाई गरेको बताएको छ ।
मध्यरात विराटनगर आइपुगे संक्रमित :
यसैबीच संक्रमित १२ जनालाई कोशी प्रादेशिक अस्पताल विराटनगरमा रहेका छन् । उनीहरु मध्यरातमा विराटनगर आइपुगेका थिए ।
उनीहरुलाई उदयपुरबाट एम्बुलेन्स मार्फत विराटनगर ल्याइएको हो ।