विराटनगर बैशाख ६ ।
विराटनगर महानगरपालिका वडा-६ "शिव मन्दिर युवा समूह" ले लकडाउनका कारण समस्यामा परेका बिपन्न तथा गरिब परिवारलाई खाना सहयोग गर्दै आएको छ ।
उक्त समुहले चैत्र २० गतेबाट वडाकै ११३ बिपन्न परिवारलाई कुपनबाट साथै शिव मन्दिर मार्ग किचनबाटै बिना कुपन नोवेल अस्पतालमा रहेका बिमारी कुरुवा र बिराट टिचिङ हस्पिटलका बिरामी कुरुवाहरुलाई पनि नियमित ६०० देखि ६५० जनालाई खाना उपलब्ध गराउदै आएको समुहका नारायण बरालले बताए।
समुहका सदस्यहरु नारायण बराल, नवीन शाह, गणपत मित्रुका, बिनोद श्रेष्ठ , बिनय अग्रवाल सहितको सहभागितामा उक्त अभियान संचालन भएको हो ।