विराटनगरमा नेपाल बिद्यार्थी संघको ५१ औं स्थापना दिवसमा रक्तदान सम्पन्न

<span class='c1'>विराटनगरमा नेपाल बिद्यार्थी संघको ५१</span> <span class='c2'>औं स्थापना दिवसमा रक्तदान सम्पन्न</span>

विराटनगर बैशाख ७ ,

नेपाल बिद्यार्थी संघले आफ्नो ५१ औं स्थापना दिवशको अवसरमा आयोजित रक्तदान कार्यक्रम लकडाउनलाई ख्याल गर्दै सामाजिक दुरि कायम गरि मनाएको छ।

कोरोना भाइरसको त्रास बढे सगै रगत अभावलाई मध्य नजर गर्दै पुस्पलाल चोक,बरगाछी र मुनाल चोकमा गरि ५१ प्रीन्ट रगत संकलन भएको थियो । कार्यक्रममा नेपाल बिध्यार्थी संघ पुर्व सभापतिद्वय सुभाष भण्डारी ,गोकुल थापा,नेका जिल्ला सदस्य तथा बिद्यार्थी बिभाग प्रमुख राजु मास्के,बिराटनगर महानगरका मेयर भिम पराजुली,महासमिती सदस्य सुचि चौधरी नेबि संघ जिल्ला सचिब दिपेन रौनियार ,नेता आभास अधिकारी ,किशोर मेहता,आशिका घिमिरे लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा हौसला प्रदान गर्न प्रदेश सभा सदस्य बिन्दिया कार्की,पुर्व केन्द्रिय सदस्य यदु बिष्ट ,तरुण दल जिल्ला अध्यक्ष प्रभाकर थापा,महानगर सभापति संतोष न्यौपाने ,गुराँस पुस्तकालय अध्यक्ष दिपक चापागाईं लगायतको उपस्थिति रहेको थियो। संकटको घडीमा रक्तदान गर्नेहरु ,साथै स्वास्थ्यकर्मी र दिन रात जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी ,कर्मचारी लगायतको हौसला बढाउन साँझमा कोशी अञ्चल अस्पताल परिसरमा दिप प्रज्वलन कार्यक्रम गरेको नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला अध्यक्ष देवचन्द्र घिमिरे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्