बिन्ती छ सरकार
आज पल्ला घरे साइला परदेशिएको छ सरकार
आफ्नो ज्यान धराप मा राखी खडी तिर पसेको छ सरकार ।
लालाबाला लाई सुख दिने आश मा
आज साइला टाडिएको छ सरकार ।
आमा अँखा भरी आँसु लि छोरा आउने बाटो हेरिरहेकि छिन
कतै बुवा जस्तै हराउने त होइन भनी डराएकि छिन ।
सरकार यी आमाको पीडा तिमी कहिले बुझ्छौ
युवा हरुको लागि देश मै रोजगार कहिले बाट लाउछौ।
सरकार कतै साइला उतै हराउने त छैन नि
साइली को सिंदुर पुछिएको त मैले हेर्नू पर्दैन नि ।
कतै ती लालाबाला टुहुरो त हुने छैनन् नि
कतै आमा को कोख रित्तो त हेर्नू पर्दैन नि सरकार ।
सरकार तिमी बाट मलाई धेरै केहि चाहिदैन
बस् मेरो दाजु भाइ बिदेशिनु नपरोस।
मेरो चेली असुरक्षित भइ बाटो मा हिन्नु न परोस ।
जुन दिन मेरा दजु भाइ बिदेशिनु पर्दैन
जुन दिन मेरि चेली सुरक्षित साथ बाटो मा हिन्न सक्ने छिन ।
म त्यो दिन तिमी प्रती धेरै आभारी हुने छु सरकार धेरै आभरी हुने छु ।
-- दिपल बन्जारा