युवा संघ नेपाल विराटनगर महानगर कमिटीद्वारा खाद्यान्न वितरण

<span class='c1'>युवा संघ नेपाल विराटनगर</span> <span class='c2'>महानगर कमिटीद्वारा खाद्यान्न वितरण</span>

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीद्वारा खाद्यान्न वितरण गरिएको छ । विराटनगर वडा न.१० का अति बिपन्न ४० घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

राष्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकी, निर्माण व्यवसायी प्रदेश १ वरिष्ठ उपाध्यक्ष कमल गौतम, ट्रक व्यवसायी संघ विराटनगरका निवर्तमान अध्यक्ष मेघराज सिग्देल लगायतको सहयोगमा राहत वितरण गरिएको हो ।

सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद दिदै यो क्रम अझै निरन्तर चल्ने राष्ट्रिय युवा संघ नेपाल विराटनगर कमिटी अध्यक्ष सुशील रिजालले बताए । साथै सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न समेत रिजालले आग्रह गरे । राहत वितरणमा राष्ट्रिय युवा संघ नेपालका रेशम थापा मगर, महेश मन्डल, प्रतीक ढकाल, निरन्जन ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्