विराटनगरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई युवाको राहत सहयोग

<span class='c1'>विराटनगरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक</span> <span class='c2'>समुदायलाई युवाको राहत सहयोग</span>

विराटनगर बैशाख १२ ,

बिराटनगरमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लकडाउनले समस्यामा परेपछि विराटनगरका युवाहरुको समुहले सहयोग हस्तान्तरण गरेको छ । विराटनगर वडा नम्बर १ जिल्ला प्रहरी कार्यालय छेउमा बसोबास गर्ने १९ जनालाई राहत उपलब्ध गराइएको हो ।

लकडाउनले उनीहरुको दिनचर्या तथा गरिरहेको बिभिन्न काममा असर पुगेपछि राहत नपाएर बसेको अवस्थामा विराटनगरका युवा समाजसेवीको समुहले आज उनीहरुलाई राहत स्वरूप चामल , दाल , आलु , नुन , तेल लगायतका खाद्यान्न सामग्री उपलब्ध गराएको अभियन्ता पेरिस सुबेदीले बताए ।उक्त राहतका लागि स्थानीय दिपक चापागाईं,हरि बजगाईं ,भवेश पौडेल,अजय शर्मा ,विजय सास्वत,विजय शर्मा र सजल मोनीले सहयोग गरेको सुबेदीले बताए । दुख पाएर धेरैले नहेरेको समुदायलाई सहयोग गर्न पाउदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने अभियन्ता दिपक चापागाईंले बताए ।

 नागरिकता बिना स्थानीय निकायले राहत नदिएको गुनासो : 

सरकारले लकडाउनको कारण समस्यामा परेका बिपन्न तथा गरिबहरुको लागि राहत वितरण गरेको भएपनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्थानीय सरकारबाट राहत नपाएको बताएका छन् । नागरिकता नभएको कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राहत नदिएको सल्मा बेगमले गुनासो गरिन ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नागरिकता प्रदान नभएको कारण राहत लिन नपाएको उनको गुनासो छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्