विराटनगर बैशाख १४ ,
विराटनगर सहित देशभर कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउन भएपछी बिकास निर्माणका काममा समस्या आएको छ । सडक निर्माणको काम रोकिएपछि विराटनगर -४ जामुनगाछी कुन्ती मार्गमा स्थानीयले आफै सडक निर्माणमा लागेका छन् ।
सामाजिक दुरी कायम गरेर एक सय मिटर बढी सडक नाला निर्माणमा बिग्रिएको कारण बर्खा आउन लागेको अवस्थामा समस्या आउने देखेर आफै मर्मतमा लागेको उक्त टोल विकास समितिका सचिव भुवन नेपालले बताए । "सामाजिक दुरी कायम गरेर लकडाउनको समयमा सडकमा मर्मत गर्न स्थानीय जुटेका छौ" उनले बताए ।
निर्माण कार्य रोकिएको अवस्थामा सडकमा हिड्न समस्या परेको भन्दै स्थानीय मर्मतमा लागेको नेपालले बताए ।