विराटनगर बैशाख १४,
सरकारले लकडाउन गरेसँगै विराटनगर लगायत देशभरका जनजीवन ठप्प छ यतिबेला । लकडाउनको भएको आज ३३ दिन पुगेको छ । विराटनगरमा अन्यदिन भन्दा केहि हप्ता देखि सर्वसाधरणको चहलपहल निकै बढेको देख्न सकिन्छ ।
प्रहरीले हिजो शनिबार देखि नै विराटनगरको सडकमा चलाइएका सिटी रिक्शा र टेम्पोलाई कडाई गर्न थालेको छ । प्रहरीले बजारमा अति आवश्यक बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिन थालेको छ ।
यता बजारमा दैनिकी उपभोग्य वस्तु किन्ने देखी बैंङिक क्षेत्रमा सेवाग्राहीहरुको निकै नै चहलपहल देखिएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउन घोषणा गरेको ३३ दिन वितिसक्दा अधिकास सेवाग्राहीहरु बैंकमा पुगेका दृष्य देखिन्थे । तर बैंकमा भनेको समय र आफ्नो पैसा निकाल्न पनि झझन्टीलो हुने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना सँगै सामाजिक दुरी कायम राखेर पैसा लिन बसेका देखिन्थे भने कतिपयले सामाजिक दुरी कायम नगर्नेलाई वडा प्रहरी कार्यालय विराटनगरले माइकिङ गर्दै उनीहरुलाई नियम पालना गर्न आग्रह गरेको थियो । यसै विच विराटनगरका अन्य बैकिङ सेक्टरहरुमा पनि सेवाग्राहीहरुको बाक्लो मात्रमा भीड देखिने गरेको थियो । तर उनीहरुले सामाजिक दुरी कायम गरेको भने देखिन्थेन ।
