विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउन आज गाडीमा हालेर पठाएको छ ।
महानगरपालिकाले आज विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान विराटनगर बसपार्कबाट आफ्नो गन्तव्यमा पुर्याएको छ ।
विराटनगरबाट बिद्यार्थी तथा अन्यलाई आफ्नो घर पुर्याउने अभियानमा शैक्षिकसंस्था संचालक हरुको संगठन हिसान ,प्याब्सन तथा एनप्याब्सनले सवारीसाधन सहयोग गरेको छ । सवारीका क्रममा लाग्ने इन्धन र सवारी चालक, सहचालक लगायतलाई सेवासुविधा उपलब्ध महानगरले गराएको थियो ।
करिब ७ सय बढीलाई आज विराटनगरबाट आफ्नो आफ्नो ठाउँमा पुर्याएको महानगरपालिका का सामाजिक विकास प्रमुख पुनम दाहालले जानकारी दिए । ३५ वटा सवारीसाधनमा मानिसहरुलाई गन्तव्यबाट पठाइएको हो ।
बसलाइ सेनीटाईज गर्ने , यात्रुलाइ मास्क दिने तथा यात्रुको ज्वारो जाचँ गरेर मात्रै पठाइएको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए । आगामी दिनमा पनि सम्पर्कमा आएका समस्यामा परेका व्यक्तिलाइ पठाउने पराजुलीले बताए ।
एक महिना लामो समयबाट बिराटनगरमा अड्किएका मानिसहरु आफ्नो गन्तब्यमा जना पाउदा खुसी देखिएका थिए साथै महानगरपालिकाको उक्त सेवामा सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।