विराटनगर । विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ ।
कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका छात्र—छात्राहरुलाई लक्षित गरि भर्चुअल कक्षा सञ्चालन गरेको हो ।
भर्खरै शुरुवात गरिएकोले केही विद्यार्थीहरुयसमा आइनसके पनि लगभग ८० प्रतिशत विद्यार्थीहरु सहभागीभएका रहेका छन् । कक्षामा कारणवशः अनुपस्थित हुने विद्यार्थीहरु समेत यो विधिको पठन–पाठनमा सहभागी हुने भएकोले प्रभाव कारितामा अझ वृद्धि हुने देखिएको छ ।
घरैमा बसेर सम्वन्धित विषय शिक्षकसँग लाइभ कुराकानी गर्दै विषय वस्तुमा आएका समस्या सजिलै समाधान गर्न सकिने रहेछ । वास्तवमा यो विधी मार्फत अध्ययन गर्दा फरक अनुभूतीहुने रहेछ भन्ने कुराकक्षा १२ मा अध्ययनरत छात्रा श्रीजा पौडेलले बताइन् ।
अनलाइन कक्षाको शुरुवातले विद्यार्थीहरुमा पढाइलाई निरन्तरता दिन सहयोग हुनुको साथै बेकम्मा जस्ता भएका विद्यार्थीहरुलाई काम शुरु भए जस्तो अनुभव भएको लाहानबाट अभिभावक सुर्यनारायण चौधरीले टेलिफोन मार्फत बताउदै राम्रो कार्यको शुरुवात गरेकोमा कलेज व्यवस्थापनलाई धन्यवाद समेत दिए ।
हाललाई प्ले स्टोरबाट डाउनलोड गरिएको जुम एप्लिकेशनको सहायताले कक्षा सञ्चालन भइरहेको छ । यसले लकडाउनको समयमा आ–आफ्नो घरैमा बसी विद्यार्थीहरुमा पठन–पाठनमा लाग्न सहयोग हुने कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले बताए।